nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाम गठबन्धनले जिते "देश र जनताले जित्छ":  पौडेल 

IMG_7526-1511180261.JPG

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उमेद्वार डोरमणी पौडेलले वामगठबन्धनलाई मत दिएर देश र जनतालाई जित्ने अबसर दिन आग्रह गरेका छन् । ४ मंसिरमा हेटौंडा ७ हरीयाली टोलमा वामगठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै पौडेलले उमेद्वारले जित्ने भन्दा पनि जनताले जित्नु आबश्यक रहेको उनको भनाई थियो । 

हरीयाली टोलमा सूर्य तितुङको संयोजक तथा अनिता लामाको सहसंयोजक रहेन गरी वामगठनको संयुक्त निर्बाचन परीचालन कमिटि निर्माण गरीएको छ । यसैगरी आज हेटौंडा ७ नम्बर वडामा उमेद्वार डोरमणी पौडेलले मतदाताहरुसँग घर घरमा गएर मत समेत मागेका छन् । मतदाताहरुले क्षेत्रगत बिकासका लागि अगाडि बढ्न सुझाब दिएका थिए । पौडेलले जनताको चाहना अनुसार बिकासका कार्यक्र ल्याउने बताए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईं, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, वडाध्यक्ष राजन थापालगायत वामगठबन्धनका नेता तथा कार्यकर्ता सहभागी थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)