Friday, 11th September, 2026
वि.स.

बाम गठबन्धनलाई सफल बनाउन माओवादीको प्रशिक्षण

Mawowadi-1508898968.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा नेकपा माओवादी केन्द्रको वडा प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ  । बाम गठबन्धनलाई सफल बनाउने उद्देश्यले प्रशिक्षण बैठक संचालन गरिएको माओवादि केन्द्रले जनाएको छ ।

पार्टी पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आथित्यता तथा पार्टी जिल्ला कार्यालय सदस्य एवं संचार विभाग प्रमुख कमान सिँ पाख्रिन ‘पृथक’ को बिषेश उपस्थितिमा प्रशिक्षण भएको हो ।

प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि पुलामीले बाम गठबन्धनलाई हल्का रुपमा लिन नहुने बताए । बाम गठबन्धनको सफलता नै नेपाली जनताको सफलता हुने कुरामा समेत पुलामीले जोड दिए । वर्तमान बाम गठबन्धन दुईतिहाई बहुमत प्राप्त गर्ने उदेश्यले भएको प्रष्ट पार्दै पुलामीले यसलाई सफल पार्न सम्पुर्ण पार्टीङ्क्तीलाई क्रियाशिल भई लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै पार्टीका कार्यालय सदस्य तथा संचार विभाग प्रमुख पाख्रिनले माओवादी केन्द्रको अभियान बाम तालमेल मात्र नभएको र आम एकताको प्रक्रियामा  पनि अगाडि बढ्ने बताए । यसको उदेश्य समाजवादी व्यवस्थालाई स्थापित गर्ने उदेश्यसंग जोडिएको समेत उनले प्रष्ट्याए ।
३ नम्बर वडाअध्यक्ष रुपेश बर्तौलाको अध्यक्षतामा भएको प्रशिक्षणमा वडा पार्टी उपाध्यक्ष धनबहादुर लामा आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी सचिव ठेसाङ लामाले स्वागत सहित वडाको राजनितिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०