Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बामगठबन्धनको कैलाशमा भेला

नेकपा एमाले र नेकपा माओबादि केन्द्र ( बामगठबन्धन) को संयुक्त चुनाबी कार्यकर्ता भेला मकवानपुरको कैलाश गाउँपालिका ९ र १० ( साविकको नामटार गाविस) मा सम्पन्न भएको छ । भेलामा बोल्दै प्रतिनिधि सभा २ नम्बर क्षेत्रका प्रदेश प्रदेश ख का उमेद्वार राजाराम स्याङतानले जनताको भाबना अनुरुप अगाडि बढ्ने बताएका छन् । 

बिधि, बिधानमा रही स्थानिय आबश्यकता अनुसार बिकास निर्माणमा लाग्ने स्याङतानले प्रतिबद्धता ब्यक्त गरेका छन् । स्याङतानको भनाईलाई स्वागत गर्दै स्थानियले भ्रष्टचारी तथा पाहुना उमेद्वारलाई भोट नहाल्ने समेत बताएका छन् । कार्यक्रममा अनेरास्वबियुका केद्रिय उपाध्यक्ष महेश बर्तौला, प्रतिनिधि सभा २ नम्बर क्षेत्र प्रदेश ख का निर्बाचनल परीचालन कमिटिका संयोजक लालबहादुर थापा, सहसंयोजक रामहरी सुबेदी, स्थानिय एमाले नेता बुद्धिबहादुर मोक्तान, माओबादि केन्द्रका नेता मदन बर्तौलालगायतले बोलेका थिए ।

बामगठबन्धनको हेटौंडा ६ मा चुनाब प्रचार समिति

बामगठबन्धनको हेटौंडा ६ मा चुनाब प्रचार समिति गठन भएको छ । एमालेका नेता गणेश दुलालको संयोजकतत्व तथा तारानाथ खतिवडाको सहसंयोजकत्वमा ३ सय ५१ प्रचार समिति गठन भएको हो । 

कार्यक्रममा बोल्दै एक नम्बर क्षेत्र प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले बामगठबन्धनको जित नै जनताको जित हुने बताएका छन् । जनता जित्न पनि बामगठबन्धन जित्नुपर्ने आबश्यकता रहेको उनको भनाई थियो । समिति गठन कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचान कमिटिका संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई एमाले जिल्ला सदस्य देबराज  रीमाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधब तिमल्सीना लगायत सहभागि थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)