nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बानियाँ र न्यौपानेले नहर निर्माण गरिदिएका होइनन्

मनहरी गाउँपालिका वडा नं ३ मा सांसद इन्द्रबहादुर बानियाँ र शंकर न्यौपानेले नहर निर्माण गरिदिएको भन्ने समाचारप्रति उपभोक्ता समितिको ध्यानाकर्षण भएको छ । 

केही सञ्चारमाध्यमहरुमा साबिक हाँडीखोलाको कालिदमार बगौडा फाँटमा सांसद बानियाँ र न्यौपानेले नहर निर्माण गरेको समाचार आएपछि उपभोक्ता समितिले ध्यानाकर्षण गराएको हो । प्रेस बिज्ञप्ती प्रकाशन गरी मसिने कालिदमार सिंचाई उपभोक्ता समितिले मसिनेखोलादेखि कालिदमारसम्म र साबिक गाविस भवनदेखि कौगेडीसम्मको बाटोमा मनहरी गाउँपालिकाको तर्फबाट ५ लाख रुपियाँ बिनियोजित भई काम अघि बढेको तथा मसिने कालिदमार सिंचाई योजनाका लागि गाउँपालिकाको ६०/४० को बजेट बिनियोजन भई काम गर्दा बानियाँको तर्फबाट अपरेटरभत्ता र इन्धन समेत समितिले व्यहोर्ने गरी बानियाँले मेसिन उपलब्ध गराइएको जनाएको छ । तर समाचारमा गाउँपालिकाको नाम र लगानी उल्लेख नगरी बानियाँ र न्यौपानेले चुनावमा ब्यक्त भएको प्रतिबद्धता पूरा गरेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आएपछि  बिज्ञप्ती प्रकाशन गरिएको जनाइएको छ । झुटा प्रचारप्रसार नगर्न सम्बद्ध व्यक्तिहरुलाई समितिले ध्यानाकर्षण गराएको छ । 

समितिका अध्यक्ष मणिराज खत्री, उपाध्यक्ष रामहरि लामिछाने, सचिव कृष्णप्रसाद पाठक, कोषाध्यक्ष बबिता लुइँटेल, सहसचिव रामशरण पौडेल, सदस्यहरु नानीबाबु गोदार थापा र बलराम सापकोटा हस्ताक्षर गरी त्यस्तो प्रचार नगर्न ध्यानाकर्षण गराएका हुन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)