nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाणिज्य संगठनले एमालेलाई मतदान गर्ने

IMG_5681-1494472052.JPG

बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा हेटौंडाका ब्यबसायीहरुले नेकपा एमालेलाई मतदान गर्ने भएका छन् । राष्ट्रिय बाणिज्य संगठनको हेटौंडामा भएको भेलाले एमालेको सुर्य चिन्हमा मतदान गर्ने निर्णय भएको हो । संगठनका अध्यक्ष माधब ज्ञवालीको अध्यक्षतामा भएको भेलाले एमालेलाई मतदान गर्ने निर्णय भएको भन्दै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई जानकारी गराएका थिए ।

ब्यबसायीहरुको हक हित तथा प्रबद्र्धन गर्न एमाले मात्र प्रतिबद्ध रहेकोले एमालेलाई मतदान गर्ने निर्णय गरीएको ज्ञवालीले जानकारी दिए । बिभिन्न समयमा ब्यबसायीहरुको पक्षमा रहेर लड्ने पार्टि एमाले मात्र भएको उनीहरुले निष्कर्ष समेत निकालेका छन् । १ हजार भन्दा बढि सदस्यता रहेको संगठनले सम्पूर्ण सदस्यहरुलाई एमालेलाई  मतदान गर्न आग्रह समेत गरेको छ ।

एमाले जनताको माझबाट आएको पाटि

नेपाल कम्युनिष्ट पार्टि एमालेका केन्द्रिय सदस्य एबम मकवानपुर जिल्ला ईन्चार्ज बिरोध खतिवडाले एमाले जनताको माझबाट आएको पार्टि भएकाले सधै जनताको साथ पाईरहने बताउनुभएको छ । आज हेटौडा उपमाहानगरपालीका वडा नम्बर ९ को वडा स्तरीय चुनावी आम सभा तथा सास्कृतिक कार्यक्रममा बोल्दै नेता खतिवडाले राष्ट्र र जनताको हितगर्ने पार्टी भनेकै एमाले भएकाले स्थानिय तह निर्बाचनमा एमाले बिजयी बन्न अनिबार्य रहेको प्रष्ट पार्नुभएको छ । अहिलेको निर्बाचन जनताको चाहना अनुसार भएकोले सबै जनता मतदानमा सहभागि भएर एमाललेलाई जिताउन समेत वाहाँले आग्रह गर्नुभयोे ।

मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित संसद अनन्त पौडेलले हेटौंडा उपमहानगरपालिकाले नेतृत्व गर्न सक्षम ब्यक्तिलाई उमेद्वारको रुपमा प्रस्तुत गरेको बताउनुभएको छ । यस अघि हेटौंडाको उपमेयर भएका महतले मात्र हेटौंडालाई हाँकेर सम्बृद्ध बनाउन सक्ने वहाँको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगर पालिकाका मेयरका उमेद्वार हरीबल महतले जनमतका आधारमा नै आफुले मेयर पदमा उमेद्वारी दिएको बताए ।

कार्यक्रममा पुर्ब मेयर डोरमणि पौडेलले एमालेकै कारण हेटौडाको बिकाश यति सम्म सम्भव भएकाले यो भन्दा पनि समुन्नत हेटौडा बनाउने योजना पनि एमाले संगनै रहेको बताउनु भयो । नेकपा एमाले ९ नम्बर वडा अध्यक्ष सुर्यबाहादुर स्याङतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य राम चन्द्र राई, प्रदेश कमिटी सल्लाहाकार सदस्य गोमा तिमल्सिना, बिष्णु ओझा, एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, उपमेयरका उमेद्वार मिना लामा, सचिबालय सदस्य श्रीधर पोख्रेल, मधुसुदन खतिवडा, गायत्रि सुवेदी, जिल्ला सदस्य तिलक अधिकारी, सुमित्रा काफ्ले, राष्ट्रिय जनसांस्कृतिक महासंघका सदस्य आशाकाजी श्रेष्ठ, हेटौडा उपमाहानगरपालीका वडा नम्बर ९ का एमालेका अध्यक्षका उमेदवार लक्ष्मण भण्डारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


एमालेको चुनाबी सभा जारी 

नेपाल कम्युनिष्ट पार्टि एमालेले आज हेटौंडा १ र १८ नम्बर वडामा चुनाबी सभा तथा ¥यालीको आयोजना गरेको छ । ¥याली पछि आयोजित कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य एबम् जिल्ला इन्चार्ज बिरोध  खतिवडाले काँग्रेस–राप्रपाको तालमेलले एमालेलाई केहि फरक नपर्ने बताए । एमाले आफैमा मजबुत पार्टि भएकोले कसैले तोड्न र मोड्न नसक्ने स्पष्ट पारे । उनले एमालेलाई चपाउन अन्य पार्टिको तालमेल भएपनि एमाले दर्शन ढुंगा भएकोले चपाउने दाँत नै भाँच्चिने बताए । हेटौंडालाई एमालेको नेतृत्वले मात्र सहि दिशा दिने बताए ।

 मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित संसद अनन्त पौडेलले एमाले डगमगाउने पार्टि नभएको भन्दै कार्यकर्तालाई जनलहर अझ अझ बढाउन आग्रह गरे । हेटौंडा उपमहानगरपालिकामा यस अघि नेतृत्व गरेर अहिलेको स्थितीमा ल्याएको भन्दै संसद पौडेलले अबको ५ बर्षमा एमालेको नेतृत्वले कायापलट हुने बताए । कार्यक्रममा पूर्ब मन्त्री पुरुषोत्तम पौडेल, एमालेका सचिब एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगर पालिकाका एमालेका तर्फबाट मेयरका उमेद्वार हरीबल महत, उपमेयरका उमेद्वार मिना लामा, सचिबालय सदस्य श्रीधर पोख्रेल, अनेरास्वबियु जिल्ला सचिब किशन घिसिङलगायतले बोलेका थिए । 

यता एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा बिशाल ¥याली सहित जनप्रदर्शन गरेको छ । हेटौंडा उपमहानगर पालिकाका मेयर उमेद्वार हरीबल महत र उपमेयर उमेद्वार मिना लामा, ५ नम्बर वडाध्यक्ष उमेद्वार इशवर ढुंगानाको नेतृत्वमा ¥यालीले ५ नम्बर वडा परीक्रममा गरेको थियो । यसैगरी २८ गते हेटौंडा १५, १३ लगायत बिभिन्न वडाहरुमा सभा तथा ¥याली हुने एमाले सचिब एकालाल श्रेष्ठले जानकारी दिए ।