Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेश सरकारले बिजुली बस चलाउने

बागमती प्रदेश सरकारले बिजुली बस चलाउन साझा यातायातसँग गरेको सम्झौता तोडेको छ । अब प्रदेश सरकार आफैंले बिजुली बस चलाउनेछ । बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेको थियो । केन्द्र सरकारले ३ अर्ब दिने सहमति गरेको थियो भने प्रदेश ३ सरकारले ३० करोड ।

यस्तै काठमाडौं महानगरपालिकाले १० तथा ललितपुर महानगरपालिकाले साढे २ करोड दिने तथा साझा आफैंले साढे २ करोड हालेर ३ अर्ब ४५ करोड जम्मा गर्ने र बिलुजी बस चलाउने सहमति भएको थियो । त्यसअनुसार साझाले बस खरिद प्रक्रिया थालेपछि केन्द्र सरकारलाई त्यसलाई रोक्यो ।

अब बागमती प्रदेश सरकारले यसबाट हात झिकेको छ । साझालाई दिने भनिएको ३० करोड रोक्न र प्रदेश सरकार आफैंले यातायात कम्पनी खडा गरेर बस सञ्चालन गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘जनतालाई सुविधा दिन निजी क्षेत्रको मात्र भर पर्ने होइन, अब आफैं विद्युतीय बस खरिद गर्छौं, ‘ उनले भने ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०