Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेश सभामा दुई वटा विधेयक पेश, अर्को बैठक आज बस्दै

Bagamatee-1580090654.jpg

बागमती प्रदेशको प्रदेश सभामा १२  माघमा दुर्इ वटा विधेयक पेश भएको छ । १२ माघमा बसेको प्रदेश सभा बैठकमा प्रदेश भित्र सुशासनको प्रत्याभुती गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयक पेश भएको छ । 

बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले आजको प्रदेश सभा बैठकमा उक्त बिद्येयक प्रस्तुत गरेका हुन् । 

यस्तै बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्द्य विकास बोर्ड ऐन २०७५ लाई संसोधन गर्न बनेको बिद्येयक सभामा प्रस्तुत गरेका छन् । प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गरे पछि पहिलो पटक प्रदेश सभाको बैठक १२ माघमा बोलाईएको थियो । 

प्रदेश सभाको अर्को बैठक १३ माघ बिहान साढे ११ बजे सबस्ने भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०