Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशले स्थानीय तहमा सहयोग रकम पठाउने

Bagamatee-1585493760.jpg

बागमती प्रदेशको मन्त्री परिषद बैठकले प्रदेशका स्थानीय तहहरुलाइृ कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एबम उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरीद, बिपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 

बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

मन्त्री परिषदबाट कार्यबिधी पारीत भएसङ्गै स्थानीय बिपद व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो समेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०