Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल

Rameshwor-1581937465.jpg

 बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएका रामेश्वर फुयालको ५ फागुनमा सपथ हुने भएको छ ।

उनले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा सपथ ग्रहण गर्नुहुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गत माघ २९ गते उहाँको सपथ ग्रहणको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेपछि उनको सपथ रोकिएको थियो । अहिले भने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग काठमाडौंमा भेट गरेपछी फुयालको सपथ हुनेभएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०