Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशको प्रदेश सभा बस्दै, अविश्वास प्रस्ताव टेबुल हुने

bagmati-1611291287.jpg

बागमती प्रदेशको प्रदेश सभा बैठक शुक्रबार बस्दैछ। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले सेतोपाटीलाई दिएको जानकारीअनुसार शुक्रबार  दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको छ।बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।

नेकपाको प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।शुक्रबार मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव प्रदेश सभा बैठकमा टेबुल हुनेछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०