Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते प्रस्तुत हुने

pradesh-1623205552.jpg

बागमती प्रदेश सरकारकाे नीति तथा कार्यक्रम जेठ २७ गते विहीबार प्रस्तुत हुने भएकाे छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

प्रदेशसभाको गत जेठ १६ र १७ गतेका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएकाे थियाे । प्राथमिकताका विषयमा छलफल भए पश्चात अर्काे सूचना नभए सम्मकाे लागि स्थगित भएकाे प्रदेशसभाकाे बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने भएकाे हाे ।

चालु आठौं अधिवेशनमा प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०७८/०७९ काे लागि नीति तथा कार्यक्रम प्रस्तुग गरी पारित गर्नु पर्ने व्यवस्था रहेकाे छ । मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा मंगलबार बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिएकाे छ ।

साेही बमाेजिम प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने गरी बैठक तय भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०