Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बहुमत र अल्पमतको टुंगो चुनावपछि हुन्छ : प्रधानमन्त्री ओली

oli1-1609495036.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावति चुनावपछि मात्र बहुमत र अल्पमतको टुंगो लाग्ने बताएका छन्। प्रवासी नेपाली एकता मञ्चको शुक्रबारको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल समूहलाई इंगित गर्दै यस्तो बताएका हुन्।

उहाँहरु आफूसँग बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ, प्रधानमन्त्री ओलीले भने, बहुमतको अल्पमतको अहिले टुंगो लाग्दैन। चुनावपछि हुन्छ। प्रमुख पार्टी कोहो भनेर पनि चुनावपछि मात्रै थाहा हुन्छ।उनले त्यो नतिजा देखाउन आफ्ना कार्यकर्तालाई सक्रिय हुन समेत आग्रह गरे। 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधन गरेर नेपालको नक्सा जारी गरेपछि आफूमाथि पार्टीकै साथीहरुबाट हमला हुन सुरु भएको बताए। अरुका निम्ति, अरुको गोटी भएर काम नगरौं भन्दा उल्टै आफूलाई सिध्याउने प्रयास भएको स्पष्ट पारे।

सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्ततताको सही दुपयोग गरौं र हाम्रो भौगोलिक अखण्डाको रक्षा गरौं भने, तर उहाँहरु भित्रभित्रै एकपछि अर्को षडयन्त्र सुरु गर्नुभयो। हस्ताक्षर अभियान सुरु भयो। जहिले पनि हस्ताक्षर, जहिले पनि विरोध भइरह्यो,उनले भने,देश अगाडि बढ्ने अवस्था नआएपछि संसद विघटन गरेँ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०