Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बम राखेर भाग्दै गर्दा विप्लव समूहका नेता पक्राउ

Pakrau-1591981190.jpg

३० जेठ साँझ ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन्। विस्फोट गराउने उद्देश्यले बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

स्थानीयले खबर गरेपछि पुल्चोकस्थित महानगरीय प्रहरी प्रभागबाट तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको ललितपुर महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्।

एसएसपी राईका अनुसार उनले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। 

पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०