Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बम गठबन्धले जितेपछि विकासको लहर आउँछ: मोक्तान

बाम गठबन्धनले मकवानपुरको उत्तरी इन्द्रसरोबर गाउँपालिका ४ फाखेलमा बिहीबार चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर २(क) प्रदेश सभाका उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनको जित पछि यस क्षेत्रमा विकासको लहर आउने दाबी गरिन् । राजनीतिक संघर्षका चरणहरु पुरा भएकाले अब विकासको लागि काम गर्ने दिन आएको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको लागि दुई तिहाई आवश्यक रहेको बताईन् । ‘कहिले एमाले त कहिले माओवादीलाई फकाउँदै सत्तामा बसेको काँग्रेसकै अवरोधका कारण परिवर्तन र विकासका धेरै कामहरु हुन सकेको छैन’,मोक्तानले भनिन्, ‘काँग्रेको झुटको खेती अब अन्त्य हुनेछ ।’ सभामा बोल्दै मोक्तानले गरिबी र अभावमा रहेकाहरुलाई प्रलोभनमा पारेर चुनाव जित्दै आएको दाबी गरिन् । 

चुनावी सभामा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा,गाउँपालिका चुनाव प्रचार प्रसार समितिका अध्यक्ष डिके पुडासैनी लगायतले बोल्नुभएको थियो । 

७ मंसिरमा इन्द्रसरोवर गाउँपालिका ५ चखेलमा पनि चुनावी सभा भएको छ । प्रदेश सभा सदस्यका उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको सभामा बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मुनु सिग्देल, निवर्तमान सांदस सुभाषचन्द्र ठकुरी, एमालेका नेता विष्णु ओझा, गाउँपालिका अध्यक्ष जीवन लामा, वाईसिएल नेपालका केन्द्रीय सचिव प्रकाश पाण्डे,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पविना लामा, विद्यार्थी नेता हेम मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०