Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बन्दले थाहानगरको जनजीवन प्रभावित (हेर्नुहोस फोटोफिचर)

67315875_642788872871192_-1564562834.jpg

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार गरेको बन्दको कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकाको जनजीवन प्रभावित भएको छ । आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा विप्लव नेतृत्वको नेकपा माओबादीले नेपाल बन्दको आवहान गरेको हो । बन्दका कारण मकवानपुरको थाहा नगरपालिकामा हुँदै हेटौंडा काठमाडौँ चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु चलेका छैनन् । नगरभित्रको त्रिभुवनराजपथ  तथा शाखा सडकहरुमा छिटपुट मात्रामा मोटरसाइकलहरु भने चलिरहेका छन् ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । बन्दका कारण थाहा नगरपालिकाको मुख्य मुख्य बजारहरु समेत सुनसान भएका छन् । बन्दका कारण बजारका सबै प्रकारका व्यवसायहरु बन्द रहेको छ । 

तस्विरः गणेश प्रसाद विष्ट

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)