Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बन्दको प्रभाव सामान्य, नागरिक अन्यौलमा

Ganesh-1557106421.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादीले २३ वैशाखमा आह्वान गरेको बन्दको प्रभाव मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहानगरमा खासै परेको छैन। विहानैबाट काठमाण्डौं तथा हेटौंडाका लागि छुट्ने सवारी साधनहरु निर्वाध रुपमा संचालन भएका छन् । बजार क्षेत्रमा पनि बन्दले खासै असर पारेको देखिँदैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सागर राणाले बन्दको प्रभाव जिल्लाभर नै सामान्य रहेको र हालसम्म कुनैपनि अप्रिय घटना नघटेको बताएका छन् । सो पार्टीले गत वैशाख १९ गते जारी गरिएको विज्ञप्तीमा देशैभर बन्द गरिने, प्रदेश ३ र ४ मा पनि बन्दको प्रभाव रहने उल्लेख थियो ।
कानूनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार सरकारले गरिरहेको र यस्ता क्रियाकलापको विरुद्धमा नेपाल बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ । तर, बन्द कस्ले गरेको भन्ने विषयमा नागरिकहरु भने अन्योलमा रहेका छन् । माओवादीले एक विज्ञप्ति प्रकाशन गर्दै बन्दको आब्वहान गरेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०