nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बन्दको प्रभाव देखाउन लुकी लुकी आगजनी (फाेटाेफिचर)

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पाटी विप्लब समूहले यो वर्ष आव्हान गरेको चारवटै नेपाल बन्दको क्रममा सडक सवारीमा आगजनी गरेर मकवानपुरको थाहानगरलाई प्रभाव पारेको छ ।

उक्त पार्टीले पछिल्लो पटक सोमबार आह्वान गरेको बन्दको क्रममा थाहा नगरको वडा नं. १ कुलगाउँमा ट्रकमा आगजनी गरेको थियो । विहान करिव ४ बजेतिर ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएपछि थाहा नगरमा बन्दको प्रभाव देखिएको छ । यातायात ठप्प छ भने बजार, विद्यालय, बैंक तथा वित्तीय संस्थाहरु चलेका छैनन् ।

प्रहरीले रातभर गस्ती गर्नुका साथै राती चलेका सवारी साधनहरुलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पु-याएको भए पनि विहानीपख त्रिभुवन राजपथमा धादिङको नौविसेबाट हेटौंडाको लागि चलिरहेको उक्त ट्रक कुलगाउँ पुग्दा जलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले सोमबार विहान थाहानगरमा ट्रक जलाइएको अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।

सोमबारको बन्दसम्म यो आर्थिक वर्षमा विप्लब समूहले ४ पटक नेपाल बन्द आह्वान गर्दा चारैपटक थाहा नगरमा सडक सवारीमा आगजनी भएको छ । उक्त समूहले पार्टी प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउविरुद्ध ३० साउनमा आह्वान गरेको नेपाल बन्दमा थाहानगरकै टिस्टुङमा विद्यार्थी बोक्न प्रयोग गरिने नयाँ बसमा आगो लगाएका थिए ।

त्यसैगरी ओली सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएको विरोधमा ३० फागुनमा गरेको बन्दमा थाहाको नयाँगाउँमा ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी गरेका थिए । सरकारले पार्टी नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै आह्वान गरिएको ५ बैशाखको नपाल बन्दको क्रममा उक्त समूहले थाहानगरकै सीमभन्ज्याङमा ना २ च ९०९४ नम्बरको बोलेरो पिकअप गाडी जलाएको थियो ।

बन्दैपिच्छे गाडीमा आगजनी हुन थालेपछि स्थानीय बासिन्दा विप्लब समूहको बन्द सुन्नेविीत्तकै बन्दलाई सवारी साधनमाथि हुने आगजनीसँग जोडेर हेर्न थालेका छन् । बन्दको आह्वानसँगै सवारी आगजनीको घटना हुन थालेपछि प्रहरीले पनि पछिल्ला बन्दहरुमा विशेष निगरानी बढाएको थियो । चारवटै बन्दमा थाहा नगरको फरक फरक स्थानमा आगजनी भएको देखिएको छ ।

थाहानगरमा विप्लब समूहको अन्य राजनीतिक गतिविधि नदेखिए पनि बन्दको आह्वानसँगै सवारी साधनमाथि आगजनी हुन थालेपछि स्थानीय त्रसित हुन थालेका छन् । त्रासकै कारण विप्लब समूहले आह्वान गरेका सबै बन्दहरुले प्रभाव पार्दै आएको छ ।

विप्पल समूहले आह्वान गरेको यस अघिको दुईवटा नेपाल बन्दमा बन्दको अघिल्लो राती नै सवारीसाधनमाथि आगजनी भएको थियो । सोमबार र ३० साउनको बन्दमा भने बन्दकै दिन विहानीपख आगजनी भएको थियो ।

सोमबारको बन्दको क्रममा विप्लब समूहका कार्यकर्ताहरुले हेटौंडा प्रवेश गर्ने उत्तरी नाका चौकीटोलमा ना ७ ख ९४९३ नं. को ट्रकमा आगजनी गरेका छन् । आगजनीसँग हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिकै प्रेसर कुकर बम फेला परेको थियो । प्रेसरकुकर बम नेपाली सेनाको डिस्पोज गरेको छ। आगजनीपछि हेटौंडा बजार पनि ठप्प रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)