Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बजेट खर्च गर्न नसकेको भन्दै आलोचना

Bagamatee-1581433356.jpg

 बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा जम्मा १० प्रतिशत मात्र बजेट खर्च गरेकामा सांसदहरुले असन्तुष्टि जनाएका छन् । २८ माघको प्रदेशसभा बैठकमा सांसदहरुले बजेट खर्च गर्न गर्न नसक्नुको कारण माग गरेका छन् ।

सांसद जीवन खड्काले प्रदेश सरकारले स्थानीय तहका लागि बिकास बजेट पठाउन नसक्दा काम रोकिएको बताए । उनले बजेट पास भएको लामो समय बित्दासमेत कागजी प्रक्रियामै सरकार अड्किएको भन्दै भएको बजेट कहिले खर्च गर्ने भन्दै सरकारलाई प्रश्न गरेका थिए । नेकपाकै प्रदेश सभा सदस्य रत्न ढकालले बजेट खर्च गर्न सरकारले कार्यविधिसमेत नबनाएको भन्दै आलोचना गरे ।

सांसद विशाल खड्काले संघीयताको मर्म विपरीत रहेका डिभिजन कार्यालयहरु भंग गरेर प्रत्येक जिल्लामा एकीकृत कार्यालयहरु स्थापना गरी जनतालाई सुबिधा दिनुपर्ने बताए ।उनले सरकारले आफूले खर्च गर्न नसकेको बजेट धुर्मुस–सुन्तली फाउन्डेसन नाम गरेको एनजीओलाई दिएको भन्दै सरकारको ध्यनाकर्षण गराए ।