Thursday, 10th September, 2026
वि.स.

बकैयामा वाम गठवन्धनको घरदैलो

पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा वाम गठवन्धनको घरदैलो सम्पन्न भएको छ । प्रदेशसभा (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीको नेतृत्वमा भएको घरदैलो वडा नंबर ७ को अधेरी, जुइना, मैमाछा, हर्कटीनि लगाएतको क्षेत्रमा भएको थियो ।

घरदैलोको क्रममा स्थानीयहरुले वाटो स्तरणीकरण, खानेपानीको पहुँच विस्तार लगाएतको विषयमा आफ्ना मागहरु राखेको प्रदेशसभा निर्वाचन परिचालन समिति संयोजक कमानसिंह पाख्रीनले बताए ।

कार्यक्रममा जनताको मागलाई पुलामीले चाँडोभन्दा चाँडो पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा वाम नेताहरु दलबहादुर वाईवा, जीवन लामा, वेलप्रसाद दाहाल, सरला बोलखे, लक्ष्मी माझी लगाएतको सहभागिता थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०