nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैयामा वाम गठवन्धनको घरदैलो

पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा वाम गठवन्धनको घरदैलो सम्पन्न भएको छ । प्रदेशसभा (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीको नेतृत्वमा भएको घरदैलो वडा नंबर ७ को अधेरी, जुइना, मैमाछा, हर्कटीनि लगाएतको क्षेत्रमा भएको थियो ।

घरदैलोको क्रममा स्थानीयहरुले वाटो स्तरणीकरण, खानेपानीको पहुँच विस्तार लगाएतको विषयमा आफ्ना मागहरु राखेको प्रदेशसभा निर्वाचन परिचालन समिति संयोजक कमानसिंह पाख्रीनले बताए ।

कार्यक्रममा जनताको मागलाई पुलामीले चाँडोभन्दा चाँडो पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा वाम नेताहरु दलबहादुर वाईवा, जीवन लामा, वेलप्रसाद दाहाल, सरला बोलखे, लक्ष्मी माझी लगाएतको सहभागिता थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)