Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बकैयाको हात्तिखोलामा वाम गठबन्धनको प्रचारप्रसार कार्यलय उद्घाटन

पुर्वी मकवानपुरको बकैयाको हात्तिखोलामा वाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको आज कार्यलय उद्घाटन गरिएको छ । बकैया गाउँपालिका को ७ वडा कार्यलयको २७ कार्तिकमा माओवादी केन्द्रीय सद्स्य तथा बकैया बामगठ्बन्धनको संयोजक लोकनाथ गौतमले उद्घाटन गरेका हुन् ।

भेला तथा प्रचारप्रसार कार्यलयको उद्घाटनमा बोल्दै बामपंथी उम्मेद्वार लाई बहुमतले जिताइ आर्थिक सामाजिक रूपमा तल्लो स्तरमा रहेकालाइ उठाउन हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरे ।  पैसा र पावरको भरमा मकवानपुरे जनता लाई लोभलालच मा किन्न आएकाले जनबिरोधी काग्रेसी र राजावादी कमल थापालाइ धरौटी समेत जफत गराउन कार्यकतालाइ निर्देशन दिएका छन् ।

भेलालाइ एमाले नेता तथा बकैया सहसंयोजक कृष्णप्रसाद चौलागाईं, माओवादी नेत्री लक्ष्मी पाख्रीन, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, भक्तबहादुर खत्री, बेलप्रसाद दाहाल, राजेन्द्र घिमिरे लगायतले मन्त्यब्य व्यक्त गरेका थिए । भोजराज लामिछानेको सभापतित्वमा भएको भेलाले १ सय १ सदस्यीय वडास्तरिय प्रचारप्रसार समिती चयन गरेको छ भने वडा संयोजकमा भोजराज लामिछाने तथा सहसंयोजकमा इन्द्रबहादुर थापा रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०