nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैयाको शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा
कांग्रेसका ३० जना वाम गठवन्धनमा प्रवेश

पुर्वी मकवानपुरको बकैया गाउँपालिको शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा भएको छ । मंगलबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वाम गठवन्धन तर्फका प्रतिनिधि सभा क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देश विकासको लागि वाम गठवन्धन आवश्यक भएको बताए । वामगठबन्धनको जित सुनिश्चित भएकाले पनि लोकतान्त्रिक गठबन्धन भनिनेहरुको निन्द्रा हराएको बताए ।

देशमा वाम गठवन्धनको आवश्यक्तालाई महशुस गरेरनै केन्द्रमा प्रमुखहरुले वाम गठवन्धनको निर्माण गरेको बताए । निर्वाचन पश्चात वाम एकता हुने समेत उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीले अब देशमा वामशक्तिको लहर आईसकेको बताए । वाम सरकार बनेपछि देशले मुहार फेर्ने उनको धारणा छ । यसभन्दा अगाडि वामशक्तीहरु फरक दिशामा रहेकोले देशले निकास पाउन नसकेको उनको भनाई थियो । देशलाई निकास दिलाउन अब वाम उमेद्वारलाई बिजयी बनाउन लागि पर्न आग्रह गरे ।

कार्यक्रममा एमालेका प्रदेश नंबर ३ सदस्य रामचन्द्र राई, एमाले जिल्ला उपाध्यक्ष एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका संयोजक बद्री लम्साल, प्रदेश सभा क का निर्बाचन परीचालन कमिटि संयोजक कमानसिंह पाख्रिन, समानुपातिक उमेद्वार मानकुमारी नेपाली, एमाले नेता प्रल्हाद लामीछाने, माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मी पाख्रीन, वाइसिएल जिल्ला इन्चार्ज जीवन गोले, कृष्णप्रसाद चौलागाँई, नारायण सापकोटालगाएतको उपस्थिती रहेको थियो ।  कार्यक्रम ज्ञानकुमार थोकरको अध्यक्षतामा भएको हो ।  कार्यक्रममा कांग्रेसका गोपालमान पाख्रिन र चर्तुमान लामाको नेतृत्वमा ३० जना वाम गठवन्धनमा प्रवेश गरेका थिए ।

जनता झुक्याउनेलाई भोट नदिउँ–खतिवडा

प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार बिरोध खतिवडाले आफ्नो क्षेत्रमा दिएका बचनहरु पुरा गर्न नसकेपछि जनता झुक्याउन अर्को क्षेत्र चुनाव लड्न आएकालाई भोट नदिन आग्रह गरेका छन् ।

मंगलबार मनहरी गाउँपालिका वडा नंबर १ र २ को संयुक्त चुनावीसभालाई सम्वोधन गर्दै खतिवडाले यस्ता जनता झुक्याउने भगौडाहरुलाई भोट दिए महागल्ती हुने बताए । विकासको नाममा ठेकेदारी गर्दै जनता ढाँटदै हिडने ठगहरुको कुरा नपत्याउन जनतालाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै प्रदेश (ख) का उम्मेद्वार राजाराम स्याङतानले आफु यो क्षेत्रको स्थानीय भएको र यहाको विकाससँग सदैव सँगै रहेको बताए । यो क्षेत्रमा विकास गर्न टुरिष्ट उम्मेद्वारहरुले केहि माखो नमार्ने समेत उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गर्दै २० जना वाम गठवन्धनमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा काग्रेसका विष्णुप्रसाद गँुरागाई, शम्भुप्रसाद गुरागाई, जीतमान मुक्तान लगाएतका ११ जना तथा राप्रपा वडा अध्यक्ष विष्णुराम छुलुङ सहित ९ जना रहेका छन् ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष, मनिला विष्ट, क्षेत्र नम्बर २ का निर्बाचन परीचालन कमिटिका सहसंयोजक तथा समानुपातिक उमेद्वार ओम घलान, रामप्रसाद कालाखेती, श्याम ढकाल, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाई, एमाले जिल्ला सदस्य देबराज रिमाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)