Monday, 15th June, 2026
वि.स.

फोहोरसम्बन्धी कार्ययोजना बनाइँदै

मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिएका फोहोर (हेल्थ हेजाडर्स वेस्ट) व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । 

वन तथा वातवरण मन्त्रलयको वातावरण विभागले विशेषज्ञहरू परिचालन गरेर कार्ययोजना बनाउने प्रक्रिया अघि बढाएको हो । कार्ययोजना बनाउन विभागमा चारवटा संस्थाले प्रस्ताव पेस गरेका छन् । तीमध्ये चयन भएको एक कम्पनीले विशेषज्ञ परिचालन गरी त्यस्ता फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर विभागमा पेस गर्नेछ ।

विभागले असार मसान्तभित्र कार्ययोजना स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्नेछ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने तयारीसहित कार्ययोजना बनाउन लागिएको हो । विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार छाला, कपडा, स्टिल, औषधि उत्पादक र रङ कारखाना, अस्पताल तथा गाडी मर्मत कारखानाबाट निस्कने फोहोर अत्यधिक हानिकारकको सूचीमा छन् । ‘मान्छेको स्वास्थ्यका लागि हानिकारक फोहोर असरल्ल फालेको पाइयो,’ पौडेलले कान्तिपुरसित भने, ‘स्थलगत अध्ययनअनुसार त्यस्ता फोहोर तरल र ठोस दुवै किसिमका छन् ।’

संविधानले प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकमै व्यवस्था गरेको छ । विभागले त्यही हक कार्यान्वयनमा ल्याउन हानिकारक फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन खोजेको उनले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०