Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फोनिजको राष्ट्रिय भेला आज देखि सिन्धुलीमा सुरु 

Aaaa-1577064157.JPG

बलवीर भुजेल/सिन्धुली 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  ( फोनिज ) को राष्ट्रिय भेला ६ पौषदेखि सिन्धुलीमा सुरु भएको छ ।
“संचारमा समावेशिता – कानुन चाहियो, व्यवहारमा पनि !”भन्ने मुलनारका साथ सिन्धुलीको खनियाखर्क स्थित चेतना भिलेज रिर्सोटमा सुरु भएको  राष्ट्रिय भेलाको पहिलो दिन आदिवासी जनजातिको सवाल र संचार माध्यमको भूमिका बिषयमा अन्र्तक्रिया गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारका न्युनतम पारिश्रमीक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले  श्रमजिवि पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिकको कार्यन्वयमा मिडिया संचालकाका समस्या बिषयमा जानकारी गराएका थिए । संचारमाध्यमहरु खोल्नेहरुले पनि विभिन्न चुनौतिहरु सामाना गर्नु परेको छ । सरकारको ऐन कानुमा भएको जटिलताकको कारणले गर्दा मिडिया संचालन गर्न गाह्रो परेको बताए ।  जसका कारण मिडिया टिकाउन र पत्रकारहरुको पारिश्रमिक दिन सकेको छैन । न्युनतम पारिश्रमिक निर्धारण समितीले पारिश्रमिक बृद्धि गर्ने  र तोक्ने काम गरेको छ , ठुला मिडियामा एकमुष्ट २५ प्रतिशत बृद्धि गरेको भने, साना मिडियमा न्युनतम १७ हजार ६ सय २५ रुपैया कायम गरेको बताए पराजुलीले मिडियामा काम गर्ने पत्रकारहरुले आफ्नो न्युनतम पमरिश्रमिक नपाउँदा  जिविका  संचान गर्न समेत गाह्रो परेको बताए । उनले पत्रकारहरुलाई आफू काम गरेकै मिडियाको माध्यमबाट जनजातिहरुको सवालका आवाज उठाउन आग्रह गरे ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले नेपाली पत्रकारीतको बर्तमान अवस्था नेपाल सरकारले जारी गरेको मिडिया काउन्सिल बिदयकले गरेको ब्यबस्था लगाएका बिषयमा जानकारी गराएका थिए । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नविन रोकामगरले  आविासी, जनजाति पत्रकार हरुले संचार माध्यमा समान पुँच नहुनु, समाचार संप्रेसरणमा श्रीर्वना गरेको पाईइको बताउनु भयो । आदिवासी जनजातिहरुको आत्मा समान हुनेगरी ब्याबाहार गर्न आग्रह गरे । यदि जनजाति हरुलाई बिभेदकारी ब्याबाहार गर्दै जाने हो भने, संर्घषमा उत्रन तयार रहेको बताउनु भएको छ ।

सरकारले अघि सारेका सुखी नेपाली सम्बृद्ध नेपाल सुन्दामा राम्रो भएको भएनि आदिवासी जनजातिका लागि समेट्ने आदिवासी कुलमा जन्मिएर पत्रकारीतमा क्रियाशिल देशभरका जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी लजनजाति युवा महासंघ, महिला महासंघ , बिभिन्न प्रतिष्ठान लगाएतका सदस्यहरुको सहभागिता रहेको थियो ।