nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

फागुन ९ गते थाहानगरको ३ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर

थाहा नगरपालिकाको ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अनतर्गत निःशुल्क स्वासथ्य शिविर हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कायृक्रम अनुसार स्वासथ्य शिविर हुने भएको हो । 

निःशुल्क स्वास्थ्य शिविर थाहा नगरपालिका वडा नं. ६ को बज्रवाराही स्वासथ्य चौकी, थाहा १० को टौंखेल शहरी स्वासथ्य केन्द्र र थाहा ११ को टिष्टुङ स्वासथ्य चौकीमा फागुन ९ गते हुने भएको हो । 

स्वास्थ्य शिविरमा स्वासथ्य परीक्षण गराउन नगरपालिकाले अनुरोध गरेको छ । विहान १० बजेबाट शिविर शुरु हुनेछ । 
यसैबीच हेटौंडा सामुदायिक आँखा अस्पतालले सोही शिविरमा निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । परीक्षणका क्रममा मोतिया बिन्दुका विरामी भेटिए निःशुल्क अप्रेसन गरिदिने अस्पतालले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)