nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलको सडक खुल्यो

काठमाण्डौ देखि हेटौँडाको छोटो दुरीको मार्ग अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको फाखेल सडक सञ्चालनमा आएको छ । बिहान खसेको पहिरो पन्छाए पछी सडक सुचारु भएको हो । आज बिहानैबाट अवरुद्ध भएको सडकको पहिरो एक्साभेटरले पन्छाएपछी खुलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरी सडकमा लडेको पहिरो भने पन्छाउन बेलुका सम्म लाग्ने बताइएको छ । फाखेल सडकमा पहिरो पन्छाएपछी छोटो दुरीको मार्ग भएर चल्ने सवारीका साधनहरु अहिले सुचारु भएका छन् ।

हेटौंडा, भिमफेदी, कुलेखानी सडक अन्तर्गत फाखेल, सिस्नेरीका दुईवटा सडक भएर काठमाण्डौ पुगिने सडक बिहान ५ बजेबाट अवरुद्ध भएको थियो । आज बिहान इन्द्रसरोवर गाउँपालिका २ सल्लेमा र इन्द्रसरोवर ३ तापीखोल्सामा पहिरो गएकाले सडक अवरुद्ध भएको थियो ।