Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा पत्रकार काशी मनोनित

शिवकुमार काशी मकवानपुरको पत्रकारिता जगतका नयाँ अनुहार हैनन् । सदरमुकाम हेटौंडादेखि पश्चिम क्षेत्र मनहरीमा रहेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । उनले पत्रकार महासंघ मकवानपुर शाखाको कार्य समितिमा रहेर पनि काम गरिसकेका छन् भने प्रेस चौतारी मकवानपुरका पूर्व अध्यक्ष हुन् । 

सदरमुकाम हेटौंडादेखि ग्रामिण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील रहे पनि उनी काठमाण्डौबाट प्रकाशित ब्रोडसिट दैनिका समेत आवद्ध थिए । मिहिनती र हाकाहाकी स्वभाव भएका पत्रकार काशी अहिले मनहरी एफएमको स्टनेशन म्यानेजर छन् । उनको सम्पादनमा हेटौंडाबाट थाहा सन्देश दैनिक र मनहरीबाट थाहादर्शन साप्ताहिक प्रकाशन भइरहेको छ । जिल्लाको पत्रकारिता क्षेत्रमा नेतृत्वदायी भूमिकामा पत्रकार काशी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् । 

जिल्लाबाट केन्द्रमा प्रतिनीधित्व भएकोमा मकवानपुरका पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालको प्रदेश सदस्यको जिम्मेवारीमा रहेका काशी सहित तीर्थ सिग्देल, खगेन्द्र अधिकारी, सोम शर्मा बजगाईं, राजेश शर्मा, मोहन बास्तोला, माधव पौडेल, देवेन्द्र कार्की, सन्दीप राई, हरिबोल आचार्य, लक्ष्मी बस्नेत, नेपोलियन चेपाङ, विष्णुलाल बुढा, सकिल अहमद कादरी र सुरेश सुमन डाँगी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएकाहरुलाई विकास मिडिया हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्दछ ।