Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्राध्यापक संघको संयुक्त भेला हेटौंडामा

नेपाल प्रगतिशील प्राध्यापक संगठन एवम नेपाल राष्ट्रिय प्राध्यापक संगठन मकवानपुरको संयुक्त प्राध्यापक भेला आज मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा सम्पन्न भएको छ । यसअघि बाम घटकमा  आवद्ध पेशागत प्राध्यापकहरुका शक्ति अलग रहेको सन्दर्भमा त्यसको एकताका लागि भेला आयोजना गरिएको संगठनका सचिव ध्रुवप्रसाद लामिछानेले बताउनुभयो ।

मकवानपुरमा प्राध्यापकहरुको यस्तो भेला  संघिय तथा प्रदेश सभाको चुनावी पूर्विन्ध्यामा पहिलोपट भएकोल ययसलाई  ऐतिहासिक भेलाको नाम दिईएको बताईएको छ । कार्यक्रममा नेपाललाई स्थायी सरकार प्रदान गरि विकासको गतिलाई अग्रदिशामा लैजानका निम्ति प्राध्यापकहरुको भूमिका बारे केन्द्रित रहेको नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य भोजराज ढकालले बताउनुभयो । 

नेपाल प्रगतिशील प्राध्यापक संगठन मकवानपुरका अध्यक्ष यम सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा सदस्य समानुपातिकका उम्वेदवार केदार न्यौपानेको प्रमुख आतिथ्यतामा रहेको थियो ।

संगठनका सचिव ध्रुबप्रसाद लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा बाम गठवन्धनका प्रतिनिधि सभा क्षेत्र नं १ख का उम्वेदवार डोरमणी पौडेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल, वडा नं ४ का अध्यक्ष नवीन सिग्देल, नेकपा माओवादी केन्द्रका बालकृष्ण चौलागाई, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारी, प्राध्यापकहरु ऋषिराम आचार्य, घनश्याम घिमिरे, भोजराज ढकाल, रामचन्द्र फूँयाल लगातकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाभरका करिव एकसय को संख्यामा प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)