nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रमोद जोशी भन्छन्, ‘समृद्ध थाहानगरको लागि मेरो उमेदवारी’

241643045_373351964164959-1631250192.jpg

नेपाली काँग्रेस थाहानगरको यही २७ भदौमा हुन लागेको १४ औँ नगर अधिवेशनमा सभापति पदमा उमेदवारी दिने घोषणा गरेका प्रमोदकृष्ण जोशीले समृद्ध थाहानगरको सपना पूरा गर्न आफ्नो उमेदवारी रहेको बताएका छन् । थाहा टाइम्ससँग कुरा गर्दै जोशीले थाहा नगरपालिकामा रहेका दलहरुसँग सहकार्य गर्दै समृद्ध थाहा निर्माणका लागि आफू नेपाली काँग्रेसको नेतृत्वमा आउन चाहेको बताए ।

थाहा टाइम्ससँगको कुराकानीमा उनले आफू सभापतिको रुपमा काँग्रेस थाहानगरको नेतृत्व गर्दैगर्दा आगामी स्थानीय तह तथा प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसलाई थाहाको ठूलो पार्टी बनाउन प्रतिवद्ध रहेको उल्लेख गरे । आफू तीन दशकदेखि नेपाली काँग्रेसमा क्रियाशील रहेको बताउँदै जोशीले जस्तोसुकै परिस्थितिमा पनि काँग्रेसलाई राजनीतिक रुपमा संस्थागत गर्न आफूले अनवरत योगदान गरेको बताए । 

२०४६ सालदेखि काँग्रेसको सिद्धान्तप्रति आकर्षित हुँदै विद्यार्थी राजनीतिमा लागेका जोशी २०५२ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति भएका थिए । २०५४ सालको गाउँ अधिवेशनबाट उनी बज्रवाराही गाविसको काँग्रेस इकाइ सभापति चुनिए । पछिल्लो १३ औँ अधिवेशनमा सभापति पदमा उमेदवारी दिएर ४ मतले मात्र पराजित जोशीले यसपटक भने आफू बलियो उमेदवार भएको दावी गरेका छन् । 

जोशी हाल जिपी कोइराला फाउण्डेशनका प्रदेश क्षेत्र संयोजक, नेपाल पानी सदुपयोग फाउण्डेशनको थाहानगर संयोजक, राष्ट्रिय उपभोक्ता मञ्चको थाहानगर सयोजक लगायत आधा दर्जन संघसंस्थामा क्रियाशील छन् । उनी कृषि उद्यममा पनि क्रियाशील छन् ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)