Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्री प्रचण्डले आज राजीनामा दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ जेठमा पदबाट राजीनामा दिने भएका छन् । प्रचण्डले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो ।