Thursday, 10th September, 2026
वि.स.

प्रधानमन्त्री देउवा मकवानपुरको  थाहानगरमा आउने

Deu-1511919129.jpg

प्रधानमन्त्री शेर बहादुर देउवा मकवानपुरको  थाहानगरमा आउने भएका छन् । लोकतान्त्रिक गठबन्धनको आयोजनामा थाहानगरमा १४ मंसिरमा हुन लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री देउवा मकवानपुर आउने भएका हुन् । 

थाहा नगरमा हुन लागेको चुनावीसभामा सहभागी हुन देउवासहित केन्द्रीय नेताहरु आउन लागेका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवासंगै राप्रपाका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा तथा काँग्रेस र राप्रपाका अन्य केन्द्रीय नेताहरु थाहा नगर आउने काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

राप्रपाले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री सहभागी हुने गरी १४ गतेका लागि क्षेत्र नम्बर– १ मा तय गरेको अन्य कार्यक्रमहरु स्थगित गरेको छ । थाहा नगरमा हुने सभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको काँग्रेस मकवानपुरले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०