nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रधानमन्त्री देउवा मकवानपुरको  थाहानगरमा आउने

Deu-1511919129.jpg

प्रधानमन्त्री शेर बहादुर देउवा मकवानपुरको  थाहानगरमा आउने भएका छन् । लोकतान्त्रिक गठबन्धनको आयोजनामा थाहानगरमा १४ मंसिरमा हुन लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री देउवा मकवानपुर आउने भएका हुन् । 

थाहा नगरमा हुन लागेको चुनावीसभामा सहभागी हुन देउवासहित केन्द्रीय नेताहरु आउन लागेका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवासंगै राप्रपाका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा तथा काँग्रेस र राप्रपाका अन्य केन्द्रीय नेताहरु थाहा नगर आउने काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

राप्रपाले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री सहभागी हुने गरी १४ गतेका लागि क्षेत्र नम्बर– १ मा तय गरेको अन्य कार्यक्रमहरु स्थगित गरेको छ । थाहा नगरमा हुने सभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको काँग्रेस मकवानपुरले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)