Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्री ओलीकाे उपचार खर्च सरकारले नव्यहोर्ने

kp-oli-2252018033045-1000-1564918148.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीकाे उपचार खर्च सरकारले नव्यहोर्ने भएकाे छ । उपचारका लागि सिंगापुर जानुभएको प्रधानमन्त्री ओलीको प्लेन खर्च बाहेकको अरु निजी खर्च प्रधानमन्त्रीकै हुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनु भएको छ ।

शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा पुग्नुभएको प्रधानमन्त्री ओली एक हप्तासम्म अस्पतालमै रहने जनाइएको छ । मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैले व्यवस्थापन गर्नुहुनेछ ।

स्रोतः न्युज २४