Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

pradhanmantri-1589360623.jpg

 प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । 

बालुवाटार स्रोतका अुनसार भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा केकसरी अघिबढ्ने भन्ने बारे यो बैठकमा छलफल हुनेछ । साथै, पछिल्लो साता नेपालमा बढेको कोभिड संक्रमणबारे पनि छलफल हुने बताएइएको छ । पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो, रिमालले भने ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०