Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्रीलाई वेबसाइटमार्फत् शुभेच्छा प्रदान गर्न सकिने [वेभसाइट लिंक खोल्न सकिनेछ]

KPa-1575093867.png

एपेण्डिसाइटिसको शल्यक्रिया पश्चात त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेबसाइटमार्फत् सर्वसाधारणले शुभेच्छा प्रदान गर्नसक्ने प्रबन्ध मिलाइएको छ। 

स्वास्थ्यलाभको कामना गर्न चाहनेहरूले प्रधानमन्त्रीको वेबसाइटमा गएर आफ्नो शुभेच्छा पोष्ट गर्नसक्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीलाई सर्वसाधारणले सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्ष्टाग्रामलगायतबाट सुस्वास्थ्य र दीर्घायुको कामना गरिरहेका छन्। प्रधानमन्त्रीलेले ट्वीट गरेर आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार बिष्णु रिमालले ट्वीट गर्दै लेखेका छन्, ‘धेरै महानुभावहरूले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाप्रति चासो राख्नुभएको छ । भेटेर शुभेच्छा व्यक्त गर्न चाहनुभएको छ। तसर्थ, शुभेच्छा प्रकट गर्न चाहनेहरुले आफ्नो भावना www.kpsharmaoli.com.np मा पोस्ट गर्नु सक्नुहुन्छ।’