nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मालाई प्रहरीले समात्यो

rakesh-1564573924.jpg

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका ८ सय ८४ जना सांसदको श्राद्ध गर्ने हेटौँडाका राकेशकुमार शर्मालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

शर्माको गतिविधिबारे गुनासो आएपछि अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।शर्मालाई उनकै घरबाट पक्राउ गरिएको सिंहले जानकारी दिए ।

शर्माले आज हेटौँडाको बुद्ध चोकमा सरकार तथा सांसदहरुले देशको स्वाधिनताको कुनै वास्ता नगरेको र राज्यको ढुकुटी दोहन गरेको भन्दै सांसद र प्रधानमन्त्रीसमेतको श्राद्ध गरेका थिए ।

स्रोतः तु खबर