Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्रीको निर्णयमा कुन-कुन नेताले असहमती जनाए ?

Asahamtee-1587385228.jpg

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असहमती जनाएका छन् । पूर्वमाओवादी समूहका मन्त्री वर्षमान पुन र माधव नेपाल निकट मन्त्री घनश्याम भुसालले असहमति जनाएका छन् । 

नेकपाको उच्च स्रोतका अनुसार ८ वैशाखमा बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको दलत्याग सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेशमा मन्त्री ज्ञवाली, भुसाल र पुनले असान्दर्भिक भएको भन्दै असहमति जनाएका थिए ।

ओली समूहका नेता ज्ञवालीले अहिलेको अवस्थामा यस्तो अध्यादेश ल्याउनुको औचित्य पुष्टि नहुने बैठकमा बताएका थिए । तर, प्रधानमन्त्रीले अरुको त कुरा सुनेनन्, आफ्नै समूहका मन्त्रीकै पनि सुझावलाई वास्ता नगरेको नेकपा स्रोतले बताएको छ ।