nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश –सरकारको नीति तथा कार्यक्रममा के छ ?

देश नंबर तीन सरकारले आउँदो आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । तीन नंबर प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार पालैपाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

 

नीति तथा कार्यक्रम नियमीत बजार अनुगमन गरिने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले उपभोक्ताको हितको लागि नीयमित बजार अनुमन गरिने बताएका छन् । नीति तथा कार्यक्रममानै बजार अनुमगनलाई महत्वको साथमा हेरिएको हो ।पछिल्लो समयमा नीयमित बजार अनुमगन नहुदा उपभोक्ताहरु ठगिने कार्य भएको कुरालाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रममानै यस्तो ब्यवस्था ल्याएको हो ।

भुकम्पबाट क्षति भएका विद्यालयलाई तत्काल पुननिर्माण बनाईने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भुकम्पबाट क्षति भएको विद्यालयलाई चाँडोभन्दा चाँडो पुननिर्माण गर्नको लागि प्रदेश सरकारले ध्यान दिने बताएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि प्रदेश सरकारले योजना निर्माण गर्ने मुख्यमन्त्री पौडेलले बताए ।

योजना अनुगमन गर्न मुख्यमन्त्री कार्यालयमा फलोअप डेक्स :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले विकासको योजना थप ब्यवस्थित बनाउन मुख्यमन्त्री विकास आयोजनाको अनुमन गर्न नीतिगत तथा सस्थागत संरचनाको स्थापना गर्ने र मुख्यमन्त्रीको कार्यालयमा फलोअप डेक्स बनाईने भएको छ ।नेपालमा नर्माण भएको योजनाहरुको समयमानै अनुमगन नहुँदा समस्या भएको भन्दै मुख्मन्त्रीको कार्यलयमानै योजना अनुगमनको लागि फलोअप डेक्स निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।

महानगरमा खरको छानो भएको घरमा जस्ताको छानो हाल्ने घोषणा :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ मा रहेका तीनवटा महानगरपालिकामा रहेको खरको छानो भएको घरलाई विस्तापित गर्दै जस्ताको छानो हाल्ने घोषणा गरेको छ ।

प्रदेश अनुसन्धान ब्युरो बनाईने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको सुरक्षा तथा आन्तरिक सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने भएको छ ।

प्रदेश सार्वजनिक खरिद ऐन बनाईने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सार्वजनिक खरिद ऐनलाई थप ब्यवस्थित बनाउँदै प्रदेश सार्वजनिक खरिद ऐन बनाईने घोषणा गरेका छन् ।

भीमफेदी काठमाण्डौँ सुरुङमार्ग गौरबको योजना :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पोष्टबहादुर भीमफेदी काठमाण्डौँ सुरुङमार्ग तथा पुष्पलाल प्रदेश चक्रपथ गौरबको योजना रहेको बताएका छन् । उक्त योजना निर्माण गर्न प्रदेश सरकारले कार्य सुरु गरेको बताईएको छ ।

भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले , भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने घोषणा गरेका छन् । उनले जिल्ला समन्वय समितिलाई थप अधिकार सम्पन्न बनाईने समेत कार्यक्रम प्रस्तुत गरेका छन् ।

जिल्लामा रंगशाला निर्माण गरिने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश तीनको प्रत्येक जिल्लाका एक रंगशाला तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक कवर्डहल निर्माण गर्ने घोषँणा गरेका छन् ।

हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाईने :

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश तीन को राजधानीको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाउनको लागि नीतिगत ब्यवस्था गर्ने बताएका छन् ।

-खबरब्रेकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)