nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ संसदद्वारा दुई बिधेयक पारीत, विभिन्‍न विवादबारे प्रश्‍न

प्रदेश ३ को १२ भाद्रमा बसेको प्रदेश सभा बठकले सूचनाको हक सम्बन्धि व्यवस्था विधेयक–२०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण विधेयक–२०७६ पारित गरेको छ।

बुधबार बसेको बैठकमा सांसदहरूले प्रदेशको पेरिफेरीमा रहेका विभिन्न विवादबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रश्‍न उठाएका थिए। प्रदेश सभा बैठकमा बहुमतले ति विधेयक पारीत भएका हुन्। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हक सम्बन्धि विधयेक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षण सम्बन्धि विधेयक पारित गर्न प्रस्ताब गरेका थिए।

बैठकमा सूचनाको हक सम्बन्धि छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै‌ आन्तरिक मामिला तथा कानुनमन्त्री जम्मकट्टेलले सूचनाको हक सम्बन्धि ऐनलाई तत्काल व्यवहारिक गराउन जोड गरिने बताए। ‘कसैको स्वार्थभन्दा माथि उठेर सर्वसाधारण नागरिकलाई सुरक्षाको संवेदनशील बाहेकका सबै सूचनाहरू प्रवाह गरिनुपर्छ भन्ने मान्यतामा हामी छौ’ मन्त्री जमकट्टेले भने।

प्रदेशसभाका सदस्यहरूले सूचनाको हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पुर्‍याउन र आदीवासी जनजातीहरूको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने बताएका छन्।

सभाको शुन्य समयमा बोल्दै प्रदेश सभाका सदस्यहरूले प्रदेशको सीमा समस्या समाधानार्थ कदम चालिनु पर्ने, जनआन्दोनका लडाकुलाई सुबिधा दिनतर्फ ध्यान पुर्‍याउनु पर्नेलगायत सवाललाई प्राथमिकताका साथ उठाएका थिए।

प्रदेश सभामा सत्तापक्षका सांसद प्रेमबहादुर पुलामीले प्रदेश ३ र प्रदेश २ का सीमामा जोडिएका जिल्लाको सिमाना दुबै प्रदेश सरकारको सहमतिमा कायम गरी जनतालाई उद्योग सञ्‍चालन गर्न दिनुपर्ने बताए। सत्तापक्षकै सांसद ओम घलानले जनआन्दोलनका योद्धाहरूलाई परिचयपत्र वितरण गर्न माग गरेका छन्।

पूर्वलडाकुहरूको योगदानले मुलुकमा गणतन्त्र सम्भव भएको भन्दै परिवर्तनपछि योद्धाहरूको वेवास्ता गरीएको भन्दै परिचयपत्र बितरण आवश्यक रहेको बताए। कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले राजमार्गलाई सुरक्षित बनाउन माग गर्दै जनताको जीउधनप्रति सरकार गम्भीर हुनु पर्ने बताए।

नेकपाका सांसद दीपक निरौलाले सरकारले एकीकृत कार्यालय खोल्ने नीति कार्यक्रममा उल्लेख भएता पनि अहिलेसम्म खोल्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए थिए। यसैगरी संसदमा प्रदेशका विभिन्न शहरमा फैलिएको डेंगुको रोकथामका लागि पहल कमजोर भएको भन्नेबारे समेत सवाल उठाइएको थियो। -नेपाल न्युजबाट ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)