Thursday, 10th September, 2026
वि.स.

प्रदेश ३ ले लगानीमैत्री कानून बनाउँछ–मुख्यमन्त्री पौडेल

30430036_1021438572426883-1524468461.jpg

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले लगानीमैत्री कानुन निर्माण हुने बताएकाछन् । प्रदेश ३ मा लगानीको लागि अब लगानीकर्ताहरुलाई निर्धक्क हुन आग्रह समेत गरे । लगानी बोर्डको आयोजनामा ९ वैशाखमा हेटौँडामा भएको लगानी सम्वन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अब देशले गफ भन्दा काम खोजेको बताए । उनले सरकारले अब लगानीको विषय खोजी गरिरहेको र उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिवद्ध रहेको उनको धारणा रहेको थियो । मुख्य मन्त्री पौडेलले भने–‘अब बोल्ने हैन, काम गर्ने हो, हामीले गर्ने विश्वास, संकल्प र इच्छाशक्ति राखेमात्र हामीले सोचेको सम्वृद्धी प्राप्त हुन्छ ।’ 
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीया, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नंबर ३ अध्यक्ष दिनेश श्रेष्ठ सहित प्रदेश सांसद, मुख्यसचिव लगाएतका उच्च पदस्थ अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवस्था र वोर्डले गरेको क्रियाकलापहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०