nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ मा संविधान दिवस मनाउन मुल समारोह समिति

संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । १६ भाद्रमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठि उपसमिति, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतको  संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ ।

दिबसमा सरसफाइ, परिसम्बाद, खेलकुद कार्यक्रम, दीपावली, बढाई कार्यक्रम, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, बृक्षरोपण, रक्तदान, मकवानपुरगढिमा नेपालको बिशाल झण्डा झण्डोत्तोलन तथा मुख्यदिन बृहत कार्यक्रम गरिने भएको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस कर्मकाण्डि नभै प्रभाबकारी बनाउने बताए । मुख्यमन्त्री पौडेलले जिम्मेवारी बाँडफाँड अनुसार काम सम्पन्न गर्न निर्देशन दिए । संविधान दिवस  भनेको इतिहास हो यसलाई झल्काउने गरि मनाउने उनको भनाइ थियो । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गरे । 

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाल, मुख्य न्यायधिवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचीवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागाईलगायतको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)