nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ को स्थायी राजधानी कहाँ ? हुने भो मतदान

प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई छ । तर, नेकपाभित्रै हेटौंडा कि काभ्रे भन्ने बहस चर्को छ । मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा भएपनि बहुसंख्यक विपक्षमा छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले भने, ‘राजधानीबारे सहमति जुट्ने अवस्था छैन, त्यसैले मतदानमा जाने निर्णय भएको छ ।’ उनका अनुसार प्रदेशसभाको अबको बेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश हुनेछ र एकएक जिल्लाको नाम प्रस्ताव गरेर मतदान हुनेछ । जुन जिल्लाको प्रस्ताव दुई तिहाईले पारित हुन्छ, त्यहीँ स्थायी राजधानी तोकिनेछ ।

पुस ८ गतेबाट मतदान प्रक्रिया सुरू हुने छ ।

-अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg