Monday, 14th September, 2026
वि.स.

प्रदेश ३ को राजधानी र नाम राजपत्रमा प्रकाशित

PP-1578881271.jpg

प्रदेश ३ को राजधानी र नाम प्रदेश राजपत्रमा प्रकाशित भएको छ । २७ पौषमा प्रदेश सभाबाट घोषणा भएको प्रदेशको राजधानी र नाम प्रदेश सरकारले साँझ राजपत्रमा प्रकाशन गरेको हो ।

प्रदेश सभामा २७ पौषमा भएको प्रस्तावमा हेटौंडाको पक्षमा दुई तिहाइ भन्दा बढी मतले राजधानी हेटौंडा कायम भएको हो । आइतबार विहान भएको मतदानमा हेटौंडाको पक्षमा एक सय ५ मत खसेको थियो । प्रदेश सभामा १ सय १० जना प्रदेश सभा सदस्य रहेको छ । जसमध्ये आज एक सय ८ जना सदस्यको उपस्थिती रहेको थियो । हेटौंडा राजधानी हुन्न भन्ने पक्षमा ३ मत परेको थियो । 
काभ्रेपलाञ्चोकको धुलिखेल र मकवानपुरको हेटौंडा राजधानीको लागि प्रदेश सभामा नाम दर्ता गरिएको थियो । धुलिखेलको पक्षमा ३ मत भएकोले दुई तिहाई नपुगेकोले अस्विकृत भएको थियो । प्रदेशको बागमती नामको बिषयमा भने बिपक्षमा कुनै नाम नै प्रश्ताव पेश नभएका कारण तीन नम्बर प्रदेश बागमती प्रदेशका रुपमा रुपान्तरण भएको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif