Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ को नाम र राजधानी पुस २१ मा सभाबाट पास हुँदै

तीन महिनादेखि बस्न नसकेको प्रदेश ३ को प्रदेशसभा बैठक यही पुस २१ गते आव्हान गर्न प्रदेश प्रमुखलाई प्रदेश सरकारले सोमबार सिफारिस गरेको छ । स्थायी राजधानी र नामको टुंगो नलागेसम्म सभा सञ्चालनको निर्णय नगरेको सरकारले नेकपा सचिवालयले हेटौंडा स्थायी राजधानी र नाम वागमती निर्णय गरेको भोलिपल्टै सभाको बैठक आवहानको तयारी थालेको हो ।

पार्टी हाइकमाण्डले राजधानी र नाम टुंगो लगाएपछि सोमबार साँझ प्रदेश ३ सरकारको मन्त्रीपरिषद्को बैठक बसेर यही पुस २१ गते प्रदेशसभाको वैठक आवहान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णग गरेको छ । प्रदेश प्रमुखलाई बैठक आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेर पठाईको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तथा प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय गर्ने छ । सोमबार साँझ काठमाडौंबाट फर्किएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाएका थिए । सचिवालयले राजधानी र नाममा निर्णय गरेपछि उनले एकसातामा प्रदेशसभा बैठकबाट पारित गर्ने बताएका थिए ।

दुईवर्ष देखि निर्णय हुन नसकेको प्रदेश ३ को नाम र राजधानी अवको वैठकले टुंगो लगाउने निश्चित भएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने कानूनी व्यावस्था छ ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयलाई प्रदेश सभाले अनुमोदन गर्ने निश्चित छ । प्रदेश सभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)