Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

५० वटा स्थानीय तहलाई एम्बुलेन्स खरिद गर्न स्विकृती

50-1555927331.jpg

प्रदेश ३ सरकारले ५० वटा स्थानिय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्विकृती प्रदान गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम खरिद गर्ने गरी स्विकृत गर्ने निर्णय गरेको हो । स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले शसर्त अनुदानको व्यबस्था गर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । 

सरकारले ३७ वटा स्थानिय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोहि अनुसार खरिद गर्न शसर्त अख्तियारी प्रदान गरेको हो । 
यसैगरी हेटौंडा १५ मा अटो भिलेज निर्माणका लागि लागि हेटौंडा उपमहानगरपालिकालाई ३० बर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ । नव नियुक्त सदस्य डा. कँडेललाई मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण समेत गराएका छन् ।