nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश-३ काे लोकसेवा आयोग सम्बन्धी बिधेयक सभामा पेस गरिने

प्रदेश ३ मा लोक सेवा आयोग गठन गर्ने बाटो खुलेको छ । 

४ भाद्रमा सम्पन्न प्रदेश ३ मन्त्रीपरिषद बैठकले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेसंगै आयोग गठनको बाटो खुलेको हो । 

प्रदेश सभाबाट बिधेयक पास भएपछी आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्ने  प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले बताए । 
यसैगरी बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यबिधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरवन्दी स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रबक्ता ढुङ्गेलले बताए  । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)