Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश २ सँगको सीमा सिल गरिदिन संघलाई बागमती प्रदेशको आग्रह

Sill-1589293861.jpg

बागमती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ । ३० वैशाखमा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।

विशेष गरी तराईका जिल्लाहरु बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै वाग्मती प्रदेशमा यात्रुहरुलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न संघीय सरकारलाई आग्रह गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

‘प्रदेश सरकारसँग सिल गर्ने अधिकार छैन । त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ उनले भने ।  उनका अनुसार विभिन्न सवारीमार्फत तराइका जिल्लाबाट वाग्मती प्रदेश भित्रिने यात्रुको संख्या बढिरहेको कारण प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको हो । मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स तथा अन्य साना सवारीहरुले तराइका जिल्लाबाट यात्रु वाग्मती प्रदेशमा ल्याइरहेको सूचना आएकाले उनीहरुलाई थप निगरानी र जाँचमा समेत कडाई गर्न निर्देशन दिएको छ ।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०