nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश सरकारसंग अलमलिने समय छैन–मन्त्री जम्कट्टेल

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ सरकारसंग अलमल गरेर बस्ने समय नभएको बताएकाछन् । 

प्रदेश सरकारको आर्थिक अनुदानमा निर्मित  प्रदेश ३ का ४८ वटा प्रहरी चौकीका निर्माणाधिन भवनहरु मध्य मकवानपुरका नवनिर्मित प्रहरी चौकी भवनहरुको अनुगमन गर्दै मन्त्री जम्कट्टेलले कतिपय ठेकेदारहरुका कारण काम अवरुद्ध हुने गरेको बताउदै तोकिएको समय सिमा भित्र कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्देशन दिए । समस्याहरु आए समाधान गर्न लाग्ने भन्दै उनले टहरोमा बसेर नागरिकहरुको सेवा गर्ने प्रहरी कर्मचारीहरुको दुख देखेर नै प्रदेश सरकारले प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको बताए । उनले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुको रकम रोक्का गर्ने तथा आगामी योजनाहरुमा सहभागी नगराउने बताए ।  

मन्त्री जम्कट्टेलले आज मकवानपुरको बकैया गाउँपालिका, हात्तीसुडे स्थित २ करोड ५ लाख लगानीमा निर्माणाधीन प्रहरी चौकी भवन, हेटौंडा १५ स्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको ४ करोड ३९ लाखको लागतमा निर्माणधिन महिला तथा पुरुष प्रहरी ब्यारेक भवन, ३ करोड ४६ लाख को लागतमा निर्माणाधिन हेटौंडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन र भीमफेदी कारागारमा ४० लाखको लगानीमा निर्माणाधिन महिला बन्दी गृहको अनुगमनपछि मन्त्री जम्कट्टेलले काम गराई सन्तोष जनक नभएको भन्दै प्रदेश ३ सरकारको गति अनुसार काम गर्न निर्माण कम्पनीहरु, सरकारी इन्जीनियर तथा प्रहरी चौकी भवन निर्माणको जिम्मा लिएका प्रदेश ३ का प्रहरी कर्मचारीलाई निर्देशन दिए । “प्रदेश सरकार जति सक्दो चाडै काम सम्पन्न गर्न चाहान्छ ,सरकारको उदेश्य अनुसार काम सक्न मेरो अनुरोध छ ” उनले भने । 

अनुगमनका क्रममा  आन्तरिक मामिला मन्त्रालयका  सचीव विनोद प्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरिरहेकोले सोही अनुसार कार्य सम्पादन गरिने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले प्रदेश सरकारले पानी चुहिने घरमा बसेर सेवा गर्ने प्रहरीलाई भवन बनाइ दिन लागेकोले बेलैमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरे । प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेतले प्रदेश सरकारले प्रदेशभर ४८ वटा आधुनिक प्रहरी चौकी भवनहरु निर्माण प्रारम्भ गरेर प्रहरीहरुको आत्मवल बृद्धि गराएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिहले भवन निर्माण पछि प्रहरीहरुलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राखे .
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)