nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश सभा ३ को बैठक अनिश्चितकालका लागि स्थगित

डेढ महिनापछि सुरु भएको प्रदेश ३ को बैठक दुईदिनमा पाँचवटा बिधेयक पास गर्दै पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । गत असोज २३ गते स्थगित भएको प्रदेश ३ को बैठक १० र ११ मंसिरमा बसेपछि अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । ११ मंसिरमा बसेको बैठकले ५ वटा विधेयक सर्बसम्मतिले पारित गरेको छ । बिषयगत समितिमा दफावार छलफल पश्चात १० मंसिरमा प्रदेश सभामा पेश भएका ५ वटा विधेयक ११ मंसिरमा पारित भएको हो ।

प्रदेशको स्थायी राजधानीको बिषयमा मतभेद बढ्दै गएपछि सहमतिको प्रयासको लागि प्रदेश सभाको बैठक बस्न ढिलाइ भएको थियो । तर डेढ महिनापछि बसेको बैठकमा राजधानीको बिषयले भने स्थान पाएन । ११ मंसिर मध्यान्ह सवा १२ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिला सुरु भयो । सांसदहरुले बिशेष समय राख्न माग गरेपछि आकिस्मक रुपमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर बैठकमा आज विशेष समय नराख्ने सहमति भएपश्चात बैठक सुचारु भएको एक सांसदले बताए । बिशेष समयमा राजधानीको बिषय उठाउने सम्भावना बढेपछि बैठकमा बिशेष समय नराखिएको बताइएको छ । राजधानीको बिषयलाई सहमतिकै आधारमा टुङ्ग्याउने प्रयासमा प्रदेश सरकार लागिरहेको नेकपाका एक सांसदले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेल चार दिनको लागि कतार भ्रमणमा रहेकोले अहिले राजधानीको बिषयमा कुनै कुरा नहुने भन्दै आगामी बस्ने बैठकमा राजधानीको टुङ्गो लाग्ने बताइएको छ । प्रदेशसभमा सभामा प्रदेश संस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापनसम्बन्धी विधेयक पारित गरिएको छ । यस्तै प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको बिधेयक, प्रदेश कार्यसञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित भएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)