Tuesday, 15th September, 2026
वि.स.

प्रदेशको नाम र राजधानी कायम भएकोमा मुख्यमन्त्रीलाई थाहानगरको मायाको चिनो

प्रदेश सभाबाट बागमति प्रदेशको राजधानी हेटौंडा कायम भएकोमा थाहा नगरपालिकाले मुख्यमन्त्री डोरमणी पौडेललाई मायाको चिनो दिएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्रीलाई भेटेर नगर प्रमुख लवशेर विष्टले मायाको चिनो प्रदान गरेका हुन् । लामो समयदेखि प्रदेशको नाम र राजधानी तोक्न नसकिरहेको सन्दर्भमा नाम र राजधानी तोक्न सफल भएकोमा मुख्यमन्त्री पौडेलको प्रशंशा गर्दै मायाको चिनो दिइएको नगरप्रमुख विष्टले बताए ।

कार्यक्रममा नेकपा मकवानपुरका नेता विष्णु प्रसाद ढकाल, विनायक गोले, थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसी, ११ नम्बर वडा अध्यक्ष किरणमान बललगायतका नेताहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif