Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रतिनिभिसभा विघटनको विरोधमा कांग्रेस थाहा नगर ४ नम्बर वडा कमिटिद्वारा विरोध प्रदर्शन

congrees-wad.4-1611208165.jpg

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत बिहिबार थाहा नगरपालिका ४ नम्बर वडा कमिटिद्वारा विरोध प्रदर्शन गरेको छ ।

४ नम्बर वडा कमिटि अध्यक्ष हरिहर खत्रीको सभाध्यक्ष्यतामा भएको कार्यक्रममा प्रदेशसभा सभापति सुजन गोपालिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ओलि सरकार मुर्दावादको नारा लगाइएको थियो ।

कमिन्युष्ट सरकारले जनमतको अपमान गर्नुका साथै देशलाइ आर्थिक अस्थिरता तर्फ धकेलेको आरोप वक्ताहरुले लगाएका थिए । थाहा नगरा कमिटि सचिब राममाया खत्रीको आतिथ्यता रहेको कार्यक्रम श्रीकृष्ण के सीले सञ्चालन गरेका थिए ।    



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०