nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रतिनिधि सभामा अग्रता : बाम गठबन्धनको २२, लोकतान्त्रिकको ३ (मतगणाना अपडेट)

आज बिहीबारदेखि शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन धेरै अगाडि देखिएको छ । बाम गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहँदा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा मात्र अगाडि देखिएको छ । अन्य दलले दुवै सभामा क्षेत्रबाट अग्रता लिएका छन् । 
बाम गठबन्धनअन्तर्गत प्रतिनिधि सभामा एमालेको १४ स्थानमा र माओवादीको ८ स्थानमा अग्रता रहेको छ । त्यस्तै प्रदेश सभामा एमालेको १४ र माओवादीको ९ स्थानमा अग्रता रहेको छ । लोकतान्त्रिक गठबन्धनतर्फ काँग्रेसको प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ४ स्थानमा अग्रता रहेको छ । 
पहिलो चरणमा १० मंसिरमा भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । (श्राेत ः कान्तिपुर)